कञ्चनपुरमा एक बृद्धा मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बेतकोट नगरपालिका –५, धरमपुर बस्ने ६० वर्षीय वनगैया चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ।

गए राती भिनाजुको घरमा सुतिरहेका बेला मृत फेला परेकी चौधरीको पोस्टमार्टम पस्चात शव परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।

उनी प्रेसर, सुगरको बिरामी रहेको खुल्नमा आएको उनले बताए। पोस्टमार्टम रिपोर्ट पश्चात् थप जानकारीमा आउने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस