सेती अस्पताल प्रयोगशाला परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १८० नमुनाको परीक्षण गर्दा कञ्चनपुरका १८ सहित थप ३१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार भिमदत्तनगरपालिकाका १० जना, बेलडाँडीका ३ जना, बेदकोटका २ जना, शुक्लाफाटा, पुर्नवास र दोधाराचाँदीका १र१ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कैलालीको धनगढीउपमहानगरपालिकाका १० जना र गोदावरीका ३ जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुस