नेपाली बजारमा आज सुनको मूल्यमा २ हजार ३ सयले कमी आएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३०० रहेको थियो । त्यस्तै आज सुनको मूल्यमा गिरावट आइ प्रतितोला छापावाला सुन ९३ हजार कायम भई कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको मूल्य ९२ हजार ५ सय रहेको छ । महासङ्घका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार २ सय ७० रहेको छ । त्यस्तै शुक्रवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय ३० रहेको थियो ।
प्रतिक्रिया दिनुस