आइतबार बस्ने राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अहिले केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यसूची तय गर्ने संसद सचिवालय स्रोतले बताएको छ ।

चौतर्फी रुपमा प्रतिनिधिसभा विघटनको विरोध भइरहेका बेला प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकबाट आफ्नो भनाइ राख्न लागेका हुन् । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत आज चौथो बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुस