महेन्द्रनगरमा रोजगार दाता र स्थानीय स्तरका ट्रेड युनियनहरू सँग रोजगार विनिमय सेवा सम्बन्धी एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सोमबार महेन्द्रनगरको होटेल गङगोत्री गोल्डमा रोजगार सूचना केन्द्र धनगढीले आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा सहभागीले कार्यक्रम कार्यक्रमै सीमित नरही दक्ष जनशक्ति उत्पादनमा समेत मध्यनजर गरिनुपर्नेमा जोड दिए।

No description available.

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पीताम्बर जोशीले होटेलमा काम गर्ने कामदार, कुक म्यानका लागी पनि तालिम ल्याइनुपर्ने बताए। उनले होटेल व्यवसायका लागी उपयुक्त जनशक्ति निर्माण गरिए रोजगारी दिलाउने प्रतिबद्धता समेत जनाए।
रोजगार सूचना केन्द्रले वर्षाे देखी केवल कटाइ–सिलाइ, ब्युटी पार्लर, माछा पालनका कार्यक्रम मात्रै सञ्चालनमा ल्याउँदा अन्य क्षेत्रमा जनशक्तिको खाँचो अझै कायमै रहेको पर्यटन व्यवसायी परमानन्द भण्डारीले बताए। उनले केवल बजेट पचाउन मात्रै तालीम सञ्चालनमा नल्याइन आग्रह गरे। कार्यक्रममा सहभागी अन्य ट्रेड युनियनका सदस्यले समेत अहिलेको परिवेश सुहाउँदो तालीम ल्याउन रोजगार सूचना केन्द्र र सिप विकास असमर्थ रहेको रोष पोखो।

यातायात व्यवशायी देवराज जोशीले यातायातका साधनहाक्नेहरुलाइ सरकारी तरव बाट कुनै तालिम उपलब्ध नगराइदा दुर्घटना समेत बढ्दै गएको बताए। उनले अटो रिक्सामा रुटपरमिट लागु गरी यात्रा सहज गरीनुपर्नेमा प्रशासनले कुनै चासो नदिएको भन्दै रोष पोखे। प्रशासनले अटोरिक्सा व्यवस्थीत गर्नमा कुनै बिकल्प नअपनाएको भन्दै व्यवस्थीत गरीन माग गरे।

No description available.

कञ्चनपुरको गड्डा चौकी नाका हुँदै तमाम पर्यटक सुदूरपश्चिम प्रवेश गर्ने गरेका तर उपयुक्त गाइ डिङ गर्ने व्यक्तिको अभावले उनीहरूमा निराशा छाउँदै आएको गुनासो सहभागीहरूले गरे। उनीहरूले परिवेश सुहाउँदो तालीम ल्याइनुपर्ने माग राखेका छन्। रोजगार सूचना केन्द्र धनगढीकी केन्द्र प्रमुख चम्पा जोशीले सम्बन्धित क्षेत्रबाट भइआएको मागका आधारमा तालीम सञ्चालनमा ल्याउँदै आइरहेको जिकिर गरिन्।

उनले भनिन्–आगामी दिनमा यहाहरुको सुझाव अनुरूप अन्य जरुरी तालीमहरू सञ्चालनमा ल्याउने छौ।’ उनले जसका लागी सम्बन्धित निकायहरू सँग छलफल गरिने बताइन्। रोजगार सूचना केन्द्रले कञ्चनपुरमा डेढ लाख बढी बेजोगारको लगत सङ्कलन गरिएको जनाएको छ। जसमध्ये २५ हजार बढीले विभिन्न उद्योग तथा अन्य क्षेत्रमा तालीम पस्चात रोजगारी पाएको तथ्याङ्कले देखाएको छ। कार्यक्रमको सञ्चालन रोजगार सूचना केन्द्रधनगढीका जनक भट्टले गरेका थिए।

प्रतिक्रिया दिनुस