डोटीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका– ८ तिलताली नजिक अटो दुर्घटना भएको हो । उनका अनुसार ७ जना सवारी बोकेर शिखर नगरपालिका – १० बानेडुग्रीसैनबाट दिपायल आउँदै गरेको अटो मंगलबार राति करिब ८ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परि शिखर नगरपालिका– ३ का ५३ वर्षीय पदम जोराको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यसैगरी शिखर नगरपालिका–३ का १८ वर्षीय अर्जुन पार्की, अटो चालक ४१ वर्षीय दिपक जोरा, ४० वर्षीय जीत जोरा र सोही ठाउँका १७ वर्षीय नरेश पार्की रहेका छन् ।

घाइते चार जनामध्ये दुई जनालाई जिल्लामा उपचार हुन नसकेपछि कैलालीतर्फ रेफर गरिएको छ भने दुई जनाको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । अटोमा सवार अन्य दुई जना भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुस