सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले नतिजा प्रकाशनमा ढिलाइ गरेको छ । गत असोज र कार्तिकमा गरी पहिलो चरणमा लिएको परीक्षार्थीको नतिजा प्रकाशनमा थप समय लाग्ने विश्वविद्यालयले जनाएको हो ।

परिक्षा नियन्त्रक देव सिह नाथले भने-`२९ गते (आज) नतिजा प्रकाशन गरीने अन्तिम तयारी थालेका थियौ, पहिलो चरण अन्तर्गतको कापी जाच पनि सिध्यायौ।´

यस वर्ष देखिको नतिजा वेबसाईटमा पनि राख्ने गरी तयारी अगाडि बढाएकाले, वेबसाईटको काम अधुरै रहदा आज नतिजा प्रकाशन गरीएन´ उनले भने।

अनलाइन मार्फत परीक्षा लिइएकाले त्रिभुवन, पोखरा लगायतका विश्वविद्यालयले नतिजा हेर्न सक्ने पनि भएकाले यस वर्ष देखि सम्पुर्ण परीक्षार्थीको नतिजा वेबसाईटमा सुरक्षित राखिने उनले बताए । उनले वेबसाईट तयार हुन अझै तिन दिन लाग्ने संकेत दिएका छ्न ।

पहिलो चरणमा सिएसाईटी प्रथम सेमिस्टर, बिबिएस चौथो वर्ष, बिबिए प्रथम सेमिस्टरको नतिजा वेबसाईट तयार भएलगत्तै प्रकाशन गरीने परिक्षा नियन्त्रक नाथले बताए ।

करिब २ हजार ५ सय परिक्षार्थी पहिलो चरणको अनलाइन परीक्षामा सरीक रहेका छ्न। नतिजा विगतका वर्षको भन्दा सुधारोन्मुख रहने परीक्षा नियन्त्रक नाथले बताए ।

सम्बन्धित समाचार ।

सुदूरपश्चिमाञ्च विश्वविद्यालयले २ दिन भित्रै नतिजा प्रकाशन गर्ने 

प्रतिक्रिया दिनुस