कञ्चनपुरमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिएर घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका वडा नम्बर ५ को पूर्वपश्चिम राजमार्ग अन्तर्गत आम्खैयामा मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका ४ जना मध्ये दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

दुर्घटना परी से. ६ प. ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइसमिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–२ वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको धनगढीस्थित निशंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सोही मोटरसाइकल दुर्घटनामा घाइते कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनाराको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस