बैतडीकी एक किशोरीमाथि बलात्कारका आरोपित कञ्चनपुरबाट पक्राउ परेका छन्।  जिल्लाको पञ्चेश्वर गाउँपालिकामा १७ वर्षीया एक किशोरी माथि बलात्कारका आरोपित वडा नम्बर ४ का धर्मेन्द्र चन्दलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो।  किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका चन्दलाई पक्राउ गरी बैतडी पठाएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।
किशोरीमाथि पुस १५ गते बलात्कार भएको भन्दै प्रहरीमा उजुरी परेको हो। सोही उजुरीका आधारमा यसअघि बैतडी प्रहरीले पञ्चेश्वर ४ कै २३ वर्षीय प्रविन चन्दलाई पक्राउ गरिसकेको छ। किशोरीलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुवैमाथि अनुसन्धान भइरहेको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
प्रतिक्रिया दिनुस