नेपाली बजारमा सुनबजारमा उतार चढाव आइरहेको छ । मंगलबार र बुधबार ७ सयले बढेको सुन बिहीबार ८ सयले घटेको थियो । बिहीबारको तुलनामा आज ९शुक्रबार० सुन ४ सयले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय कायम गरेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले बढेर ९२ हजार पुगेको छ ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर तोलाको १ हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४९ अमेरिकी डलर कायम छ।

प्रतिक्रिया दिनुस