बैतडीमा एक सातासम्मका लागी योगाअभ्यास सुरु गरिएको छ। बिरेन्द्र माध्यमिक बिद्यालय साहीलेक बैतडीको प्राङ्गणमा योगाअभ्यास कक्षा आजदेखि सुरु गरिएको हो। बिश्व योग दिवसको अवसर पारि हिजोदेखि १हप्तासम्म योगाअभ्यास गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रशाद भट्टले बताए। योगगुरु कञ्चन ठगुन्नाले योगअभ्यासको प्रशिक्षण गरिरहनुभएको छ।

हिजो पहिलो दिनको योगाभ्यासमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोसी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख हरिण्ड बहादुर कुवँर, सशस्त्र प्रहरी प्रमुख गणेश बहादुर शाह लगायत जिल्ला स्थीत कार्यालयहरुका प्रतिनिधि, केहि ब्यवसायी, पत्रकार लगायतको सहभागितामा रहेकोथियो।

‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित मनाइएको योग दिवस बैतडी सहित दैशैभरी मनाइएको छ । दिवसका अवसरमा मात्रै नभइ नियमित योगगर्ने योजना अनुरुप एकहप्ता सम्म योगअभ्यास गरिन लागेको स्वास्थ्य कार्यालयका प्रमुख भट्टले बताए। पहिलो दिन बिद्यालयमा योगा गरिएपनि बाकिँ ६ दिन भने स्वास्थ्य कार्यालयमै योगाअभ्यास गरिने उनले बताए। यस्तै आगामी दिनहरुमा जिल्ला कारागार र बिद्यालयहरुमा पनि योगअभ्यास गर्ने लक्ष्य रहेको भट्टको भनाई छ। यसैबिच हिजो छैटौँ योग दिवस बैतडीको मेलौलीमा पनि मनाईएको छ

प्रतिक्रिया दिनुस