कैलालीको गोदावरी नगरपालिका स्थीत मालाखेती अस्पतालमा विशेषज्ञ डाक्टरद्वारा चेक जाँच सुरु गरीएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय  सहयोग, सेती प्रादेशिक अस्पताल र मालाखेती अस्पतालको साझेदारीमा सेती प्रादेशिक अस्पतालमा कार्यरत रहेका विशेषज्ञ डाक्टरहरूले मासिक रूपमा मालाखेती अस्पतालमै आएर सेवा सुरु गरेको हो।
सामान्य चिकित्सा सँगै नाक, कान, घाटी, नसा तथा हड्डी, दाँत रोग,स्त्री रोग, लगायतका सेवा दिँदै गरेको र सेती प्रादेशिक अस्पतालमा गरिने चेकजाच तथा सामान्य उपचार गोदावरीको मालाखेती अस्पतालमै उपलब्ध गराउने उद्देश्यका साथ आज बाट सेवा सञ्चालनमा आएको हो।
अस्पतालका सूचना अधिकारी महेश पाण्डेका अनुसार गोदावरी नगरपालिका – ३ मा रहेको मालाखेती अस्पतालमा अब मासिक रूपमा गरिने र आवश्यकता भएको खण्डमा साप्ताहिक रूपमा विशेषज्ञ डाक्टर द्वारा चेकजाच गरी यस क्षेत्रका स्थानीय जनतालाई सेवा उपलब्ध गराइने भएको हो।  यस अस्पतालमा गोदावरी नगरपालिका लगायत कृष्णपुर नगरपालिका, चुरे गाउँपालिका, गौरीगंगा र लालझाडी गाउँपालिकाका जनताले सेवा लिँदै आएका छन्।
मालाखेती स्वास्थ्य चौकी हुँदै मालाखेती अस्पतालका रूपमा स्तोरोउन्नती गरिए सँगै अस्पतालले दिने सेवा सुविधामा बढाउने उद्देश्यका साथ काम अगाडी बढेको उनले जानकारी दिए।
प्रतिक्रिया दिनुस