कञ्चनपुरमा एक युवती मृत अवस्थामा भेटिएकी छन। जिल्लाको वेदकोट नगरपालिका–७ की १८ वर्षीया रेखा लुहार कामी मृत अवस्थामा फेला परेकी हुन्।

कञ्चनपुरका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार कामी आफ्नै घरको सिलिङमा शुक्रबार झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन्। विवाहित ती युवतीका माइती पक्ष पहाडबाट हिजो साँझ आइपुगेकाले आज घटनास्थल कार्य भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रतिक्रिया दिनुस