बाजुरामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जिल्लाको हिमाली गाउँपालिकाको आयोजना र जिल्ला अस्पताल बाजुराको प्राविधिक सहयोगमा ४ दिने स्वास्थ्य शिविर शुक्रवार सम्पन्न भएको हो। पौष २८ देखि माघ २ सम्म चलेको स्वास्थ्य शिविर सञ्चालन भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए।
दुर्गम तथा पिछडिएका क्षेत्रका जनताहरूले सामान्यतया उपचारको पहुँच सम्म पुग्न नसकेको अवस्थामा पनि सबै नागरिकहरुले चिकित्सकीय सेवाको पहुँचमा पुर्‍याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उनले बताए।
राज्यको सेवा सुविधाबाट वञ्चित रहेकाहरूलाई सेवा सुविधाको पहुँचमा आउन भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको स्वास्थ्य अधिकृत राज बहादुर भण्डारीले बताए।  शिविरमा ६२२ जना सेवाग्राहीले विभिन्न सेवा लिएको जानकारी दिइएको छ। भिडियो एक्स-रे सेवा ११५ जना, प्रयोगशाला ल्याब सेवा सेवा जम्मा ३९ जना र २३० जना अपाङ्गताको परीक्षण गराउने सेवा दिएको स्वास्थ्य अधिकृत भण्डारीले जानकारी दिए।
प्रतिक्रिया दिनुस