नमस्कार स्वागत छ, हाम्रो म्युजियममा माथिको छाता तल नतान्नुहोला ! पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कृषि ज्ञान केन्द्र अगाडी निर्माण गरिएको महेन्द्रनगर म्युजियममा पर्यटकलाई प्रवेश गर्नुपुर्व स्वागत सहित म्युजियममा घुम्न पाइने स्थानको जानकारी गराइन्छ। 

संग्रालयमा राखिएको जहाज, निर्माण गरिएको पौडी खेल, आकाशमा छाता र दरवारशैलीको भवनले म्युजियमको सौन्दर्यता लाई दर्साउँछ। भवनका तलतिर चुच्चा पारिएका गजुरहरूले दर्शकको मन लोभ्याएको छ।

म्युजियमको अवलोकन गर्न आएका आन्तरिक पर्यटक टिकटक बनाउन, फोटो खिच्न रमाइलो क्षेत्र बनाएको बताउँछन्। ‘‘अलग पहिरनमा सजिएका नेपाली महिलाले घुम्न आउने पर्यटकलाई आफ्नै शैलीमा गरिरहने स्वागतले प्रफुल्लता ल्याइदिएको छ।’ ‘भीमदत्तनगरपालिका मजगाउकी मिना थापाले भनिन्–‘निर्माणाधीन भवन सम्पन्न भए झन् सौन्र्दयता थपीदिने थियो।’

दैनिक ३ सय देखी ८ सय आन्तरिक पर्यटक म्युजियममा घुम्न आउने गरेको क्याप्टेन वेद उप्रेती ट्रस्टका सञ्चालक वेद उप्रेतीले जानकारी दिए। शनिवार र बिदाको दिन भने आन्तरिक पर्यटक दोब्बर मात्रामा आउने गरेका छन्। ३ महिना पहिले सञ्चालनमा ल्याइएको म्युजियमको निर्माण कार्य अझै सम्पन्न हुन बाँकी रहेको छ। एक महिना भित्र म्युजियमको पूर्ण रूपमा निर्माण सम्पन्न गरिसक्ने सञ्चालक उप्रेतीले बताए।

अहिले पौडी खेल, पर्यटकलाई फोटो खिच्न जहाज, छाता राखिएको छ। पुरातात्त्विक महत्त्वको भवन भने निर्माणाधीन रहेको छ। ४ जनाले रोजगारी पनि पाएको सञ्चालक उप्रेतीले बताए। जसमा थारु पहिरनमा सजिएका दुइटा महिलाहरूले म्युजियममा प्रवेश गर्ने पर्यटकको स्वागत र स्थानको जानकारी गराउने गरेका छन्।  करिब ५ हजार बढी आन्तरिक पर्यटकले अवलोकन गरिसकेको उप्रेतीले जानकारी दिए। निर्माणाधीन महेन्द्रनगर म्युजियम र स्टेच्यू अफ सिद्धनाथ बाबा मध्ये सर्वसाधारणका लागि भित्री म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर खुला गरेका छन्। फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीले निकै दबाब दिएपछि निर्माणाधीन म्युजियम बाहेक स्टेच्यू अफ सिद्धनाथ बाबा र म्युजियम परिसर खुला गरेको क्याप्टेन उप्रेतीले जानकारी दिए।

क्याप्टेन वेद उप्रेती ट्रस्टले धनगढीमा एअर ड्राफ्ट म्युजियम र काठमाण्डौंमा एभिएसन म्युजियम सञ्चालन गरिरहेको छ। क्याप्टेन उप्रेतीले काठमाण्डौं र धनगढीको म्युजियमभन्दा यो म्युजियम पृथक् खालको रहेको बताए। उनले भने,–‘यस म्युजियमभित्र रहेको अप्स एण्ड डाउन (उल्टा फोटो देखिने ) म्युजियम सेक्सन नेपालकै पहिलो म्युजियम हुनेछ।’ म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र ईलुजन सेक्सनहरू रहेका छन्। खास गरी युवायुवतीलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक तथा पर्यटकीय दृष्टिकोणले पनि मुख्य भूमिका खेल्ने क्याप्टेन उप्रेती बताउँछन्। ‘प्रमुख टुरिजम सेन्टरका रूपमा म्युजियमलाई विकास गर्छौ’, उनले भने–‘निकट भविष्यमै म्युजियमलाई पछाडिको जमिनमा पनि विस्तार गर्छौ।’

No description available.

म्युजियम निर्माणका लागि क्याप्टेन वेद उप्रेती र उनकी माता सरस्वती उप्रेतीले ट्रस्टका लागि करिब करिब तीन करोड रुपैयाँ बराबरको जग्गा दान गरेका थिए। निर्माणमा चार करोड गरी गरी करिब सात करोड रुपैयाँको लागतमा म्युजियम निर्माण गरिएको हो। म्युजियम निर्माण गर्न क्याप्टेन वेद उप्रेतीले विदेशमा प्रशिक्षक पाइलटको जागिरबाट आर्जन गरेको चार करोड रुपैयाँ लगानी गरेका हुन। अमूल्य जग्गा दान र म्युजियम बनाउन हौसला प्रदान गर्ने माता सरस्वती उप्रेतीको म्युजियम परिसर भित्र सालिक समेत बनाइएको छ।

म्युजियममा ९ वर्ष मुनीका बालबालीका र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने प्रवेश निःशेष गरिएको छ। म्युजियम पूर्ण रूपमा सञ्चालनमा नआउन्जेल दर्शकहरूलाई रु १०० प्रवेश शुल्क तोकिएको छ।

प्रतिक्रिया दिनुस