नेपालमा पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २४० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६७ हजार ५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६१ हजार ४४ स‌ंक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९ सय ५४ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।

प्रतिक्रिया दिनुस