कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा गृहमन्त्री रामबहादुर थापाका छोरा नै भएको नेपाली काङ्ग्रेसले आरोप लगाएको छ। नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले शनिवार प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित कार्यक्रममा बोल्दै बालिकाको बलात्कार पछि हत्यामा गृहमन्त्री रामबहादुर थापा‘बादल’ का छोरा प्रतीक थापाको संलग्नता रहेको आरोप लगाएका हुन्।

“नेपालमा सबैभन्दा पहिला पत्ता लागेको घटना निर्मला हत्याकाण्ड हो’ उनले भने ‘हत्या भएको ५ मिनेटमै गृहमन्त्रीका छोराले बुवालाई ‘रमाइलो गर्दा हत्या भयो’ भनेर फोन गरेका थिए। त्यसपछि गृहमन्त्रीले कञ्चनपुरका एसपीलाई फोन गरे र, एसपीले भीमदत्तका मेयरलाई फोन गरेर घटना मिलाउन अनुरोध गरेका थिए।”

२०७५ साउन ११ मा कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा निर्मला पन्तको शव बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो। बलात्कार र हत्या प्रकरणको अनुसन्धान भने जारी नै रहेको छ। तर उक्त प्रकरण अझै पनि रहस्यमयी नै बनेको छ।

प्रतिक्रिया दिनुस