बैतडीमा मानव वन्यजन्तुबीच देखिएको द्वन्द व्यवस्थापनका लागि सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय भएको छ। बिहिबार बसेको वन क्षेत्र समन्वय समितिको बैठकले मानव र वन्यजन्तुबीच देखिएको द्वन्द समाधानका लागि बिशेषज्ञ बोलाउने निर्णय गरेको हो।

डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीका अनुसार यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष लगायतका निकायमा पत्राचार गरिने छ।

जिल्लामा २०६८ साल यता चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेकाले मानव र चितुवाबीच देखिएको द्वन्द समाधानमा बिशेषज्ञहरुले अध्ययन गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए। के कारणले चितुवा मानव बस्तीमा पसीरहेको छ भन्ने बिषयमा अहिले सम्म एकीन नभएकाले बिशेषज्ञ टोली पठाएर अध्ययन अनुसन्धानका लागि विज्ञ निकायहरुसंग अनुरोध गरिने उनले बताए।यस्तै जिल्लाका विभिन्न स्थानमा भईरहेको वन अतिक्रमण रोक्नका लागि आवश्यक कदम चाल्ने निर्णय समेत भएको पराजुलीले जानकारी दिए।

प्रतिक्रिया दिनुस