महेन्द्रनगरमा नयाँ मोडेलको टिभिएस किंग डिलेक्स प्लस अटोको उद्धघाटन गरिएको छ। सोमबार महेन्द्रनगर स्थित टिभिएस स्वरुम के.जि.एस. टे«ड लिंकले डिलेक्स प्लस अटोको उद्धघाटन गरेको हो। नेपालका लागी आधिकारीक विक्रेता जगतम्बा टिभिएसले ल्याएको टिभिएस लिंक डिलेक्स प्लस अटो महेन्द्रनगरमा पनि बिक्रिका लागी अनुमति दिइएको हो।

No description available.

माइलेज क्षमता ३०–३५ किलोमिटर रहेको उक्त अटोमा सानदार सिट रहेको छ। टिभिएस किंग डिलेक्स स्वरुम मूल्य ५ लाख ५४ हजार ९ सय तोकिएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख प्रमुख अतिथी ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक केशव राज भट्टले सार्वजनिक यातायातको पहुँच नपुगको क्षेत्रमा अटोले सहज रुपमा सेवा पु¥याइरहेकाले व्यवशायी तथा अटो चालकले ट्राफिक नियमनको पुर्ण पालना गरि सुरक्षीत तरिकाले चलाउन आग्रह गरे।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी बजार व्यवस्थापक प्रमुख नवराज घिमिरेले नयाँ मोडेलको टिभिएस किंग डिलेक्स प्लस अटोमा शक्तिशाली इन्जन, आरामदायी सिट, अधिक लामो सिट, दोब्बर टिकाउ पाट्र्स, आक्र्रषक डिजाइन रहेको बताए। शुन्य प्रतिशत व्याजदरमा फाइनान्स सुविधाका साथै अटो चालकका लागी ५ लाख सम्मको स्वास्थ्य विमा, २५ लाख सम्मको आकस्मीक दुर्घटना विमा समेत रहेको उनले बताए। कार्यक्रमका सभापति के.जि. टे«ड लिंकका सञ्चालक सुसिल पाण्डे रहेका थिए।  नयाँ वर्षको अवसरमा अटो खरिदमा फ्रिज उपहार समेत रहेको केजिएसका ट्रेड लिंकका सञ्चालक पाण्डेले बताए।

कार्यक्रमको संञ्चालन राजेन्द्र प्रसाद जोशीले गरेका थिए। कार्यक्रममा बैैंकका कर्मचारी, अटो व्यवशायी, चालक लगायतको उपस्थीति रहेको थियो।

No description available.

कार्यक्रममा के.जि. टे«ड लिंक स्वरुम बाट पहिलो अटो खरिद कर्ता र उत्कृष्ठ अटो चालक प्रेम सिह धामीलाई प्रमाण पत्र सहित सम्मानित समेत गरिएको थियो।

प्रतिक्रिया दिनुस