बैतडी बैशाख ३१ । बैतडीको डिलाशैनी गाउँपालिका देखि धामीगाँँउको लेकहुदै मठैराज जाने सडकको काम धामीगाँउका स्थानीयको अवरोध हटेपछि सडक निर्माण गर्ने शुरु भएको छ ।

केहि दिन देखि केहि धामीगाँउका व्यत्तीहरूको निजि स्वार्थका कारण अवरोध खडा गरेको भएपनि नागरिक समाज र प्रहरी प्रशासन स्थानीय र मठैराजका  युवाको  सहयोगमा सडक निर्माण कार्य शुरु भएको हो ।

सडक निर्माण कार्यमा मठैराजका युवा रातदिन निर्माण स्थलमा रहेर काम गरिरहेका छन्। सडक निर्माणको काम नागरिक समाजका अध्यक्ष तथा सडक निर्माण युवा टोलीका प्रमुख महेश पन्तले जानकारी दिनुभयो।

सडक निर्माण स्थलमा मठैराजका ४०/५० युवाहरूको टोली तयनाथ छ केही दिनमा डिलाशैनी गाउँपालिकाको मठैराज ४ लमखाली दुवारी पुर्याउने योजना रहेको बताए । सबैको सहमति सहकार्य र सहयोग पाए छिट्टै मठैराजमा सडक पुर्याउने योजना रहेको पन्तले बताए ।

प्रतिक्रिया दिनुस