काठमाडौँ– विश्वमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १० हजार ५५६ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ लाख ५५ हजार ७२५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ लाख ७५ हजार ६३२ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ९९ लाख १८ हजार ६१६ पुगेको छ । साथै बितेको २४ घण्टामा ५ लाख ५३ हजार ५० जनाले कोरोनालाई जितेका छन् । यो सँगै १९ करोड ६५ लाख ६० हजार ८१६ जना कोरोनाबाट मुक्त भएका छन् । विश्वमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख २ हजार ७५ छ ।

उनीहरूमध्ये १ लाख ४ हजार ७८८ को स्वास्थ्य अवस्था गम्भीर छ ।

प्रतिक्रिया दिनुस