कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ पुर्व पश्चिम राजमार्ग बृद्दाश्रम जाने बाटोको नजिक बसले ठक्कर दिदाँ एक जना महिलाको ज्यान गएको छ ।

कञ्चनपुरको महेन्द्रनगर देखि गुलरिया गइरहेको ना ४ ख ८०७७ नम्वरको बसले ठक्कर दिदाँ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ की ३० वर्षीया बिमला देवी जोशीको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते जोशीको उपचारकालागि महाकाली अस्पतालमा पु¥याएकोमा चिकित्सकले ज्यान गएको घोषणा गर्नु भएको हो । बस चालक कञ्चनपुरको वनगाँउका राजेन्द्र जोशीलाई र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटना पछि पुर्वपश्चिम राजमार्गमा टायर बालेर विरोध प्रदर्शन गरी रहेका छन् ।

प्रतिक्रिया दिनुस