कञ्चनपुर । आज महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समिति कञ्चनपुरको निर्वाचन हुँदैछ । सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नयाँ कार्य समिति चयनका लागि निर्वाचन हुन लागेको हो ।

सहमती हुन नसकेपनि निर्वाचन प्रकृया मार्फत कार्य समिति चयन हुन लागेको छ । सचिव पदमा मात्रै सर्वसम्मत भएको सचिवमा बेलडाँडीकै नरेश सिह धामी निर्विरोध चयन भएका छन ।

नेतृत्व सहित पदाधिमारीमा निर्वाचन हुने छ । केन्द्रीय कार्य समितिको नेतृत्वका लागि दुई जना सिँचाईकर्मीको उम्मेदवारी परेको छ । नेतृत्वका लागि चेतन कुमार राई र भीम बहादुर थापाको अध्यक्षमा पदमा उम्मेदवारी दिएका छन ।

महाकाली सिँचाई जल उपभोक्ता संघ केन्द्रीय समितिको नेतृत्व सहित कार्य समिति चयनका लागि राईले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन । उपाध्यक्षमा सुरेन्द्र बहादुर चन्द, दिलिप कुमार बडायर, सचिव दिल बहादुर कुँवर, भुपेन्द्र सिह नागरी र कोषाध्यक्ष पदमा कृष्ण प्रशाद जोशी र बिर बहादुर बडुवालको उम्मेदवारी परेको छ ।

तीन दशकदेखि केन्द्रीय नेतृत्व जिल्लाको माथिल्लो भेगमा रहने गरेपनि यस पटक केन्द्रीय नेतृत्व दक्षिण भेगमा गएको छ । केन्द्रीय नेतृत्व दक्षिणबाटै आउने निश्चित छ । दोस्रो चरण सिँचाई प्रणाली त्यस मध्ये पनि बेलडाँडी गाँउपालिकाकै दुवै उम्मेदवार अध्यक्षमा पदमा देखिएका छन ।

दुवैले दशक बढि समयदेखि सिँचाईकर्मी भएर काम गदै आएका छन । अध्यक्ष पदका उम्मेदवारद्वय थापा र राईले सिँचाई विकासका एजेण्डा अघि सारेका छन । बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय समेत रहेका थापा राजनीतिकर्मी, संरक्षणकर्मी, किसान नेता एव समाजिक अगुवा हुन ।

डेढ दशकदेखि सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका थापा टर्सरी अध्यक्षदेखि क्षेत्रीय समितिको नेतृत्व निर्वाह गरिसकेका छन । एसएचआर १÷२को अध्यक्ष भएका थापा ६ नम्बर ब्लक अध्यक्ष, महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरण क्षेत्रीय समिति बेलडाँडीका अध्यक्ष भएका थिए ।

एक पटक दोस्रो चरणको अध्यक्षमा पराजित भएका थापा यस पटक केन्द्रीय अध्यक्षका लागि कस्सिएका छन । उनले आफु क्षेत्रीय समितिको अध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र हटाएको र अहिले पनि हटाउने योजना अघि सारेका छन ।

थापाले महाकाली सिँचाईको नहर प्रणाली सुधार गर्ने, सिँचार्ई प्रणालीलाई उत्कृष्ठ बनाउने, सिँचाईका सम्पूर्ण समस्या हटाउँदै किसानलाई सिँचाई सुविधा पु¥याउने योजना अघि सारेका छन ।

‘मैले यस अघि गर्न बाँकी रहेका सिँचाई सुधारका अधुरा योजना अघि बढाउँछु, ‘उनले भने, ‘गड्डाचौकीदेखि बेलौरीसम्म सिँचाईका सम्पूर्ण समस्या समाधान गर्छु ।’ उम्मेदवारी दर्तासंगै उनी प्रचारप्रचारमा जुटेका छन ।

बेलडाँडी गाँउपालिका ४ वैवाहका स्थानीय समेत रहेका राई राजनीतिकर्मी, किसान नेता एव समाजिक अगुवा नेताका रुपमा परिचित छन । एक दशक बढीसयमदेखि राई सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका छन ।

उनी टर्सरी महाससचिवदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष पदको जिम्मेबारी निर्वाह गरिसकेका छन । अहिले पनि निर्वतमान क्षेत्रीय समिति दोस्रो चरणको अध्यक्ष हुन ।

उनले आफु क्षेत्रीय समितिको कोषाध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र व्यवस्थापन गर्दै सिमसारखेतीयोग्य भूमिलाई पुर्नरुत्पादन गराउएको, आईडब्लूआरएमपीका कार्यक्रम संचालन गरेको अहिले पनि सिँचाई प्रणाली थप सुधारको योजना रहेको बताए ।

‘म कोषाध्यक्ष भएकै कार्यकालमा ठुलो कार्यक्रम ल्याउन सफल भए, ‘उनले भने, ‘अझैपनि थप कार्यक्रम ल्याउँछु ।’ अध्यक्षमा पदमा उम्मेदवारी दर्ता गराएसंगै आईले एजेण्डा लिएर मतदाताकहाँ पुगिरहेका छन ।

राईले अधुरा टर्सरी निर्माण, मर्मत, आम किसानको खेतखेतसम्म सिँचाई पु¥याउने योजना अघि सारेको बताए । ‘मेरो उदेश्य हरेक किसानलाई सिँचाईमा सहज पहुँच हो, ‘उनले भने, ‘स्रोत खोजेरै भएपनि सिँचाई प्रणालीमा ब्यापक सुधार गर्छु ।’

प्रतिक्रिया दिनुस