विकास सिह महता,
कञ्चनपुर, साउन २७ ।कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ गौरीफाँटाकी राधा ओड र उनका श्रीमान रविन ओड डेढ बर्षिया नाबालिका छोरी सहित भारतबाट मंगलबार दिउँसोतिर मातृभूमी नेपाल पुगे ।मधरासमा रोजगारीमा रहेका ओड दाम्पत्ती भारतमा कोरोनाको कहर चलेका बेला सुरक्षाका लागि नालाबाला सहित नेपाल आए तर, जुन उदेश्य बोकेर उनीहरु नेपाल आएका थिए, ठिक त्यसको विपरित मातृभूमी टेकेकै दिन राधाको ज्यान गयो ।


ज्यान कोरोनाले होईन, क्वारेन्टाईन अव्यवस्थित भएकाले राधाले अकालमै ज्यान गुमाएकी छिन् । राधा २२÷२५ बर्षकी छिन् । गौरीफन्टा नाका भएर गाउँकै क्वारेन्टाईनमा पुगेकी छिन भरमै राधाले ज्यान गुमाउनु परेको परिवारले जनाएका छन् । राधाका जेठाजु देव बहादुर ओडले क्वारेन्टाईन पुगेकै केही घण्टामै करेन्ट लागेर ज्यान गुमाएको बताए । नुहाउन धारामा गएकी राधाको करेन्ट लागेर मृत्यु भएको उनले बताए । ‘भाई बुहारीलाई करेन्ट लागेर त्यही ढलिन्, ‘देवले भने, ‘श्रीमान श्रीमती ढलेको देखेर बेहोस भए, अस्पताल लैजान नगपालिकासंग एम्बुलेन्स माग्दा दिएनन् ।’ जनप्रतिनिधीसंग एम्बुलेन्स माग्दा बिग्रीएको भन्दै आलटाल गरेको पीडित परिवारको दुखेसो छ ।
समयमै अस्पताल लैजान नसक्दा राधाको मृत्यु भएको उनले दावि गरे । ‘करेन्ट लागेर राधा धारामै ढलिन, घटना बारे प्रहरी र नगरपालिकामा खबर गरे, कोही समयमा आईदिएनन, ‘क्वारेन्टाईनमै रहेका जेठाजु रविन ओडले उठाएर सडकसम्म पु¥याए, तैपनि नगरपालिकाले एम्बुलेन्स पठाईदिएन् ।’ घटना स्थलबाट ढिलो गरि अस्पताल पु¥याउँदा राधाको सेती अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको उनले बताए । कोरोना व्यवस्थापनका लागि नगरपालिकाले चार महिनासम्म तीन करोड खर्च गरेको छ, तर एक अव्यवस्थित धारा बनाउन नसक्दा अकालमै महिलाले ज्यान गुमाउनु परेको पीडित परिवारको दुखेसो छ ।
‘मैले हिजो नै वडाध्यक्ष नत्थुराम चौधरीसंग घरमै राख्न आग्रह गरेको थिए, ‘मृतकका जेठाजु देवले भने, ‘घरमा राख्न मिल्दैन, क्वारेन्टाईनमै राख्नुपर्छ भन्यो, हामीले पनि कर गरेन् ।’
क्वारेन्टाईनको उचित व्यवस्थापन नहुँदा राधाले ज्यान गुमाएको बताँउदै लार्पबाही गर्नेमाथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।
स्थानीयले कृष्णपुर नगरपालिकाले कोरोना व्यवस्थापनका लागि भन्दै चार महिनामा मात्रै तीन करोड खर्च गरेर क्वारेन्टाईन व्यवस्थापनका लार्पबाही गरेको आरोप लगाएका छन् । कृष्णपुर नगरका स्थानीय एव काँग्रेस नेता दिल बहादुर देउवाले नगरपालिकाले कोरेनाका नाममा करोडौँ खर्च गर्ने तर, एक धारा व्यवस्थापन नगर्दा समयमै एम्बुलेन्स नपठाउँदा मृत्युबरण गर्नुपरेको बताए । ‘एकातिर नगरपालिकामा क्वारेन्टाईन घट्दै छन, भएका क्वारेन्टाईन पनि उचित व्यवस्थापन भएन, ‘उनले भने, ‘जनप्रतिनिधीको ध्यान जनता बचाउँन नभई कमिसनतर्फ गएकाले यस्तो समस्या आएको हो । यस अघि कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लुराना पनि क्वारेन्टाईन व्यवस्थापनकै बेला मृत्युबरण गरेका थिए ।
स्थानीयले नगरपालिकाको ध्यान क्वारेन्टाईनका नाममा बिल बनाउने खर्च देखाएर कमिसन तर्फ भएकाले उचित व्यवस्थापन अभावका कारण र समयमै अस्पताल पु¥याउँन नसक्दा मृत्यु भएको बताएका छन् । कोरोनाकै नाममा करोडौँ खर्च गर्ने एक बिरामी बोक्ने साधन जोह गर्न नसक्दा महिलाले ज्यान गुमाएको स्थानीयको टिप्पणी छ । एम्बुलेन्स बिग्रीएपनि नगरका जनता क्वारेन्टाईनमै मर्दा नगर प्रमुख कर्ण हमाल र उप प्रमुखसंग छुट्टा छुट्टै पझेरा जिप हुँदा पनि उनीहरुमा दया नपलाएको स्थानीयको आरोप छ । करेन्ट लागेका बिरामीलाई अस्पताल पु¥याउँन एम्बुलेन्स नै चाहिन्छ, भन्ने होईन दिन चाहेको भए नगर प्रमुख र उप प्रमुखसंग छुट्टाछुट्टै सवारी साधन छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नुहाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको पुष्टी गरेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको बताए । उनले नगरपालिकाको एम्बुलेन्स बिग्रीदा अटोमै अस्पताल लगेको बताए । कृष्णपुर नगरका जनप्रतिनिधीले अप्रत्यसित घटना भएको बताएका छन् । वडाध्यक्ष नत्थुराम चौधरीले चैत्रदेखि अहिलेसम्म कुनैपनि घटना नभएपनि मंगलबार अप्रत्याशित घटना भएकाले बताए । कृष्णपुर उपस्वास्थ्य चौकीको एम्बुलेन्स बिग्रीएको स्थानीयले बताएका छन् । ‘यो घटनाको छानबिन गछौँ, ‘उनले भने, ‘क्वारेन्टाईनमा करेन्ट लागेर जनताले ज्यान गुमाउन राम्रो विषय होईन् ।’ घटनाका स्थानीयले दुख व्यक्त गर्दै कोरोनाका नाममा करोडौँ खर्च हुँदा पनि क्वारेन्टाईनमा कसरी करेन्ट लागेको भन्दै नगरपालिकाको आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुस