महेन्द्रनगर ,भदौं ,२४। नेपाली कांग्रेस कञ्चनपुर जिल्ला पार्टीले कञ्चनपुरमा बिपी कोइरालाको १०७ औं जन्मजयन्ती मनाएको छ । बुधवार देशभर नै नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाएकोछ ।

नेपाली कांग्रेस कञ्चनपुरले बुधवार बिपीको सालिकमा माल्यार्पण गर्दै १०७ औं जन्मजयन्ती मनाएको हो । महाकाली अस्पतालको आइसोलेसन वार्डमा रहेका २२ जना कोरोना संक्रमितहरुलाई स्वास्थ्य लाभको कामना गर्दै चेमनप्रास समेत वितरण गरिएको पार्टी सभापति हरि प्रसाद बोहराले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका पुर्व आमन्त्रीत केन्द्रीय सदस्य यज्ञराज जोशी, पार्टी सभापति हरि प्रसाद बोहरा, पार्टी सचिव इश्वरी प्रसाद जोशी, कोषाध्यक्ष शंकर चन्द, पुर्व पार्टी सचिव भोजराज बोहरा, संगठन विभाग केन्द्रीय सदस्य दुर्गादत्त बोहरा, शुभेच्छुक संस्था विभाग केन्द्रीय सदस्य कृष्ण दत्त पनेरु नेविसंघका पुर्व सह महामन्त्री अच्युतराज कलौनी, प्रशासनिक सल्लाहकार समितिका संयोजक गौराज बहादुर लिम्बु लगायतका नेता तथा कार्यक्रताहरु उपस्थिती रहेको थियो ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर संघर्ष गरेका बीपी कोइरालाको १९७१ भदौ २४ गते जन्म भएको थियो । क्यान्सर रोगले बीपीको २०३९ साउन ६ गते निधन भएको थियो ।

प्रतिक्रिया दिनुस