डडेल्धुरामा कटाइ–सिलाइ तालीम सञ्चालनमा रहेको छ। जिल्लाको परशुराम नगरपालिका –८ ले गत पुस दोस्रो सातादेखी सुरु गरेको कटाइ–सिलाइ तालिममा २६ जना सहभागी रहेका छन्।

दलित, विपन्न महिला लक्षित गर्दे तालीम सञ्चालनमा ल्याइएको वडा अध्यक्ष गोविन्द सिह बोहराले जानकारी दिए। तालिम फागुन मसान्त सम्म चल्ने उनले जानकारी दिए।

त्यस्तै वडामा बाख्रा पालन, कृर्षि खेतीमा पनि स्थानीयलाई तालिम दिइरहेको अध्यक्ष बोहराले बताए। उनले वडा स्तरीय विद्यालयहरूका लागी हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालनमा ल्याइने तयारी गरिएको जनाएका छन्।

प्रतिक्रिया दिनुस