प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले महेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ। असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर्नुपर्ने भन्दै जनता समाजवादी पार्टी नेपाल महेन्द्रनगर कञ्चनपुरले बुधवार महेन्द्रनगर बजारमा विरोध प्रदर्शन गरेको हो।
No description available.
प्रदर्शनमा सहभागीहरूले असंवैधानिक कदम खारेज गर, समावेशी समानुपातिक लोकतन्त्र जिन्दाबाद, पहिचानमा आधारित सङ्घीयता कायम गर लगायतका प्लेकार्ड बोकेका थिए। संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध उनीहरूले नारावाजी समेत गरेका छन्। संसद विघटनपश्चात् जसपाले आन्दोलनलाई निरन्तरता दिएको छ।
No description available.
प्रतिक्रिया दिनुस