बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ। साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि सदरमुकाम मार्तडीमा बुधबारबाट ३ वटा बस पुगेका छन्। साँफे–मार्तडी सडक खण्ड अन्तरगत बार्जुगाड, ताँप्रीसेरा, बल्दे, दवारी, तिपाडा, ओलेना र पानीनाउला सम्मको भत्केको सडकमा बस सेवा सूचारु हुने गरी सडक विभागले सडक निर्माण गरेपछि मंगलबार मार्तडीमा ३ वटा बस पुगेका हुन्।

गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिवृज बगाएपछि मार्तडी सम्मको बस सेवा करिव ६ महिनासम्म बन्द भएको थियो। बुधबार विहान जयमालिका, भेरी र पवनदुत यातायातका ३ वटा बस यात्रु सहित ल्याएर मार्तडी पुगेको मार्तडी बस काउन्टर ईन्चार्ज जीवन थापाले बताए। जडाङ्गामा बनाईएको अस्थायी काठे पुलमा जोखिम मोलेर बसहरु मार्तडी पु¥याइएको उनले बताए। 

प्रतिक्रिया दिनुस