
हाम्रो कालापानी खबर अनलाईनका प्रबन्धक निर्देशक एवं सम्पादक धनञ्जय अवस्थीले आफ्ना स्वर्गीय बुवाको पुन्य तिथि ६ महिना पुगेको अवसरमा बुद्धबृद्धालाई खिर खुवाएका छन्। बुधवार महिला तथा बृृद्ध सेवा केन्द्र वृद्धाश्रममा आश्रय गरिरहेका बृद्ध बृद्धालाई अवस्थी दम्पतीले खिर खुवाएका हुन्।

उनले स्वर्गीय बुवा बासुदेव अवस्थीको सम्झनामा अशक्त, असहाय, बृद्धालाई सहयोग गरेको बताए। महिला तथा बृृद्ध सेवा केन्द्र भीमदत्तनगरपालिका –५ वनखेत वृद्धाश्रममा अहिले ६२ जना बृद्धबृद्धा रहेका छन्। अवस्थी क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घ शाखा कञ्चनपुरका सदस्य समेत हुन्।

प्रतिक्रिया दिनुस