धनगढीमा व्यवसायी तथा दिनेश सञ्चार गृहका प्रबन्धक निर्देशक गोपाल हमालले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने भएका  छन्। बिहिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दे निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए।
कुनै पनि सवारी साधनले त्यो पाथिक शरीर शुल्क दिँदा पनि बोक्न नमान्ने भएकाले त्यसको समस्या लाई समाधान गर्नका लागि आफूले निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएको व्यवसायी हमालले बताए। उनले भने–‘मृत्यु पछि पनि मानिसले समान सहित जाने व्यवस्था मिलाउनका लागि यो निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका हौ।’
कुनै सघ संस्थाले यसको जिम्मा लिएर सञ्चालनमा ल्याउन खोजेमा त्यो संस्थालाई लाई हस्तान्तरण पनि गरिने उनले बताए। ३० लाखको लगानीमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याइ धनगढीका बासिन्दाहरू लाई निःशुल्क रूपमा सञ्चालन गर्न उद्देश्यले यो महाप्रस्थान यान सञ्चालनमा ल्याइएको उनले बताए। चालु आर्थिक वर्ष भित्रै निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याउने उनले दाबी गरे।

 

 

प्रतिक्रिया दिनुस