कैलालीमा कर्तब्य ज्यान मुद्दाका ४ जना फरार अभियुकत १५ बर्ष पछि पक्राउ परेका छन। २०६२ सालमा धनगढी नगरपालिका– ६ जाली गाउँ बस्ने दुःखराम चौधरीको हत्या गरेको भन्ने जाहेरीका आधारमा मुद्धा गर्दा गरिएका फरार अभियुक्त १५ बर्षपछि पक्राउ गरेका हुन।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका – ६ जाली बस्ने ३५ बर्षीय सियाराम चौधरी, ३३ बर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ बर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ बर्षीय तारा भन्ने तारा प्रसाद चौधरी रहको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। माघ ६ गते प्रसाद चौधरी कालिकोटबाट पक्राउ परेकोमा अन्य अभियुक्त भने धनगढीका बिभिन्न स्थानबाटै पक्राउ परेका हुन।

२०६२ साउन ११ गते चौधरी राती ११ बजे देखी घरबाट हराई बेपता भएकोमा दोस्रो दिन विहान उनी धानको खेतबारीमा मृत फेला परेका थिए । उनीहरुलाई अदालतबाट म्यादथप अनुमती लिई अनुसन्धान कार्य पश्चात मिसिल जिल्ला सरकारी वकिल कार्यालय कैलालीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस