बझाङमा युवकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका वडाध्यक्षसहितका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हत्या आरोपी छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, उनका भाइ नाता पर्ने प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कडायतलाई सार्वजनिक गरेको हो।

उनीहरुलाई मंगलबार छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि सिंहको हत्या भएको थियो। खुँडा प्रहार गरेर सिंहको हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुस