पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६५ हजार ३६५ जना निको भइसकेका छन् भने ३ हजार २०३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा २९६ जना संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । कोरोनाले पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुने कूल संख्या २ हजार २० रहेको छ ।

प्रतिक्रिया दिनुस