महेन्द्रनगरको खुला मञ्चमा भइरहेको युनाईटेड खुला आमन्त्रण फुटबल प्रतियोगितामा बेलडाँडी गाउँपालिकाको टिमले कञ्चनजाई क्लबलाई लगातार ० का विरुद्ध ५ गोलले पराजित गरेको छ।

बिहीबार बेलडाँडी गाउँपालिका र कञ्चन जाई युवा क्बलविचको प्रतियोगितामा बेलडाँडी गाउँपालिकाले लगातार पाँच गोल हानेको थियो। ईन्ट्रल बलमा एक गोल हानेको बेलडाँडी गाउँपालिकाले ईन्टरबलपछि चार गोल हानेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। बेलडाँडी गाउँपालिका फुटबल टिमले अब एमसिडिसी धरमपुरसँग क्वाटर फाइनल प्रवेश गर्ने छ ।

बेलडाँडीका लागि टिम क्याप्टेन विकास सिह महताले टिमले निकै मेहनत गरेको थियो। भने किपरले उत्कृष्ट प्रदर्शन गरेका थिए । बेलडाँडी गाउँपालिका फुटबल टिमका कोच चेत बहादुर शाहले टिमको उत्कृष्ट प्रदर्शन, खेलाडीको मेहनत अनुशासनका कारण लगातार पाँच गोल हानेर क्वाटर फाइनलमा प्रवेश गरेको बताए ।

प्रतिक्रिया दिनुस