गड्डाचौकि नाका खुलाउनुपर्ने भन्दै होटेलव्यवसायी सङ्घ कञ्चनपुरले प्रशासनमा ज्ञापन पत्र बुझाएको छ। बिहीबार होटेल व्यावसायिक सङ्घ कञ्चनपुरले नाका बन्द रहँदा पर्यटकीय क्षेत्र प्रत्यक्ष प्रभावित भएको भन्दै खुलागरीनुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई ज्ञापन पत्र बुझाएको हो।

कोरोना महामारीका कारण सरकारले गत वर्ष चैत्र १० गते देखी सीमा बन्द गर्न निर्देशन दिएको थियो। नेपालमा पसल , होटेल, यातायात , हवाई यातायात , होटेल , स्कुल कलेज लगायतका सबै क्षेत्र बिस्तारै खुलिरहेको अवस्थामा होटेल र यातायात क्षेत्रले पर्यटक नहुँदा ग्राहक पाउन नसकेकाले ब्यावसाय बाट कतिपयले पलायन समेत हुनुपरेको होटेल व्यावसायिक सङ्घका अध्यक्ष जगदीश चन्द्र भट्टले बताए।

उनले यस्तो कठिन अवस्था चलिरहँदा स्वास्थ्य मापदण्ड अपनाइ सीमा नाका खुलेमा नेपाल भारत प्रत्यक्ष व्यापार ब्यावसायका लागि ओहर दोहर गर्ने र एक अर्को देशका पर्यटक समेत आवतजावतमा सहज हुने अपेक्षा गरिएको बताए।

प्रतिक्रिया दिनुस