नेपालमा कोरोना भाइरसका एकसय ७१ जना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २८९जना पुगेको जनाएको छ। पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका एकसय ७१ सङ्क्रमित थपिएका हुन् ।

अहिलेसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट २५९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९ जना पुगेको छ । नेपालमा कोरोना निको हुनेको प्रतिशत ९८.३७ मा उक्लेको छ ।

पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले उल्लेख गरेको छ । योसँगै अहिलेसम्म दुई हजार ३० जना सङ्क्रमितको मृत्यु भएको थियो । हाल दुई हजार चारसय जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेकाले आइसोलेशनमा बसेर उपचार भैरहेको छ । क्वारेन्टिनमा ९५ जना मात्र छन् ।

प्रतिक्रिया दिनुस