जिल्ला निर्वाचन कार्यालय बैतडीले विद्यालयहरुमा मतदाता शिक्षा दिन थालेको छ। जिल्लाका १५ ओटा विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भईरहेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिए। कक्षा ९ र १० का विद्यार्थीहरुलाई मतदाता शिक्षा दिने गरिएको उनले बताए।

विद्यालयमा अध्ययनरत बालबालिकाहरुले मतदाता शिक्षाका बारेमा थाहा पाएपछि उनीहरुले अभिभावकहरुलाई भन्ने र यसले मतदानको महत्वका बिषयमा अभिभावकहरु जानकार हुने उनले बताए। आफ्नो मतको महत्वका बिषयमा नागरिकलाई जानकारी गराउन विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको निर्वाचन अधिकारी फुयाँलले बताए। अहिले सम्म जिल्लाका १३ ओटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिसकिएको छ।

प्रत्येक स्थानीय तहका कम्तीमा एक विद्यालय पर्ने गरेर विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए।

प्रतिक्रिया दिनुस