महेन्द्रनगरको खुला मञ्चमा आयोजित प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि महेन्द्रनगर युनाइटेड निलो ले हात पारेको छ। बुधवार महेन्द्रनगर युनाइटेड निलो र पिएफए अत्तरियाका बिच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको ३६ औँ मिनेटमा डिबक्समा भित्र पिएफएको डिफेन्स द्धारा फल हुँदा महेन्द्रनगर युनाइटेडले पाएको पेनाल्टीमा युनाइटेडका टिम क्याप्टेन जर्सी नम्बर १४ का टेकेन्द्र थापाले आफ्नो टिमको लागि एक गोल गर्दै अग्रता दिलाएका थिए।

अग्रता लाई टिकाउन नसक्दा दोस्रो हाफको ७१ औँ मिनेटमा पिएफएका अत्तरियाका जर्सी नम्बर ३ का सन्तोष कार्कीले आफ्नो टिमको लागि गोल गर्दै १–१ को बराबरीमा पुगाएका थिए। निर्धारित समयमा १–१ को बराबरी हुँदै इन्जुरी समयमा कुनै टिमले गोल गर्न नसक्दा खेल बराबरी सँगै ट्राइबेगरमा पुगेको हो।

ट्राइबेकरमा पनि ४–४ को बराबरी सँगै सडनदेथमा महेन्द्रनगर युनाइटेड निलो प्रतियोगिताको च्याम्पियन बनेको छ। प्रतियोगिताको च्याम्पियन टिमले नगद एक लाख ट्रफी प्रमाणपत्र मेडल हात पारेको छ भने उपविजेता टिम पिएफए अत्तरियाले ५० हजार ट्रफी प्रमाणपत्र मेडलमा चित्त बुझाएको छ। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक ,रक्षक र उत्कृष्ट गोलकर्ता क्रमशः आकाश बुढा,किरन रावत र टेकेन्द्र थापा घोषित भएका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र बेष्ट इमेजिङ खेलाडी महेन्द्रनगर युनाइटेडका सुनिल धामी र कुशल देउबा घोषित सँगै प्रतियोगिताको उत्कृष्ट मध्यपंक्तिका खेलाडी पिएफए अत्तरियाका कृष्ण तामाङले उपाधि हात पारेका छन् । फाइनल खेलाका म्यान अफ द म्याच को पुरस्कारका लागि सुदूरपश्चिम प्रदेश फुटबल सङ्घका अध्यक्ष दिनेश कुमार श्रेष्ठ द्धारा नगद पाँच घोषणा गरेका थिए जसमा महेन्द्रनगर युनाइटेड निलोका गोलरक्षक आकाश बुढाले हात पारेका छन् ।

खेलकुद क्षेत्रलाई उजागरका साथै फुटबल विकास गर्ने उद्देश्यका साथ कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यही माघ १२ गते देखि महेन्द्रनगरको खुल्ला मञ्चमा आयोजना गरिएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका क्लबको प्रतिनिधित्व हुने गरी क्षेत्रकै सर्वाधिक धनराशि भएको पुरुष खुल्ला युनाइटेड फुटबल आमन्त्रण कप(२०७७ को समापन कार्यक्रमका सभापति महेन्द्रनगर युनाइटेड क्लबका अध्यक्ष राजेश चन्द ,प्रमुख अतिथिमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख राम कुमार महतो रहेका थिए। प्रतियोगितामा कैलाली कञ्चनपुर जिल्लाका १६ टिमको सहभागिता रहेको थियो। टिमलाई चार समूहमा चार÷चार टिम रही नकआउट आधारमा खेल खेलाइएको प्रतियोगिता संयोजक महेन्द्र चन्दले बताए बताए।

प्रतिक्रिया दिनुस