नेकपा (क्रान्तिकारी माओवादी)ले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कार पछि हत्या प्रकरणका दोषीलाई हदै सम्मको कारबाहीको माग गरेको छ। शुक्रवार नेकपा (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराद्धारा हस्ताक्षरित विज्ञप्तिमा  ‘यो बीभत्स हत्या मानव सभ्यताको कलङ्क रूप हो, यस घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उल्लेख छ।’
विज्ञप्तिमा,–‘यस्ता अपराधीलाई पत्ता लगाई हदैसम्म कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै मृतक प्रति भावपूर्ण श्रद्धाञ्जली। साथै जनताको सुरक्षा व्यवस्था मिलाउने काम गर्न सरकार सित जोडदार माग गर्दछौँ।’ उल्लेख छ।
बुधवार विद्यालय गएकी दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय भागरथी भट्ट बिहीबार साँझ सोही ठाउँको लवलेक सामुदायिक वनमा बीभत्स अवस्थामा मृत फेला परेकी थिइन्।
सम्बन्धित समाचार—
प्रतिक्रिया दिनुस