कैलालीको गौरीगंगा नगरपालिका ५ अन्डैया स्थित एक स्थानीय किसानको बारीमा बाघ देखिएको छ। अन्डैयास्थित स्थानीय टीकाराम चौधरी र सुरज चौधरीको केराबारीमा शनिबार विहान साढे ४ बजे बाघ देखिएको छ । किसान टीकाराम चौधरीले घरसँगै जोडिएको आफ्नै केराबारीमा बाघ आएको र विहानैदेखि गर्जिएको जानकारी दिए।
फागुन ३ गते अन्डैयाकी २५ वर्षीया कला धामीमाथि आक्रमण गरि बाघले ज्यान लिएको थियो। भने ३० गते जिल्लाको कैलारी गाउँपालिका ८ दुधियाका २८ वर्षीय दुर्गा चौधरीलाई स्थानीय सीता कुँवा सामुदायिक वनमा विहेको लागि पात टिप्न गएको बेला आक्रमण गरि घाइते बनाएको थियो।
प्रतिक्रिया दिनुस