कैलालीको गोदावरी नगरपालिका – ४ गोदावरीमा गोदावरी धार्मिक सामुदायीक होमस्टे सञ्चालनमा आएको छ। गोदावरी धार्मीक क्षेत्रमा घुम्न आउने आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई घरमै भएको जस्तो महसुस गराउन र प्रदेशको पर्यटन प्रर्वद्धन गर्न होमस्टे सञ्चालनमा ल्याएको आयोजक गोदावरी धार्मिक सामुदायीक होमस्टेले जनाएको हो। प्रदेशकै केन्द्रबिन्दूका रुपमा रहेको अत्तरिया बजारबाट करिब ८ किलोमिटरको दुरीमा रहेको गोदावरी धाममा दैनिक सयांैको संख्यामा आन्तरिक एवम् बाह्य पर्यटकहरु आउने गरेको भएपनि हालसम्म यहाँ होमस्टे सञ्चालनमा आउन सकेको थिएन। ]

पर्यटकहरुलाई आकर्षित गर्ने विभिन्न किसिमका पर्यटकिय क्षेत्रहरु रहेपनि पर्यटकहरुको उचित बासस्थानको समस्याका कारण गोदावरी धाममा पर्यटकहरुको संख्यामा कमी आएको थियो। तर होमस्टे सञ्चालनमा आएसँगै गोदावरी धाममा पर्यटकहरुको आवागमन बढ्ने अनुमान गरिएको छ। धार्मिक क्षेत्र घुम्न आउने पाहुनाहरुलाई घरेलु वातावरणमा छु भन्ने महशुस गराउनका लागी होमस्टे सञ्चालनमा ल्याईएको गोदावरी धार्मिक सामुदायीक होमस्टेका सचिव चन्द्र बहादुर बिष्टले बताए। गोदावरी धाम धामहरुको पनि धाम भएकाले यहाँ हरेक वर्ष विभिन्न अवसरमा मेला एवम् धार्मिक कार्यक्रमहरु आयोजना हुने गरेको बताउदै उनले त्यस्ता कार्यक्रमहरुमा आउने श्रद्धालु भक्तजनहरुलाई घरमै शुद्ध भोजन एवम् शुद्ध बसोबासको व्यवस्था मात्र नभई धार्मिक पाहुनाहरुले गर्न चाहने योग, ध्यान, भजन लगायतका कार्यक्रमहरुमा पनि सहभागीता जनाउन सहज हुने बताए। यसैगरी कैलाली होटल व्यवसायी संघका अध्यक्ष कलम बमले धर्मको रक्षा र कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले थालनी गरिएको कार्य सह्रानिय भएको बताए ।

यसका साथै उनले सप्रोक्स नेपालद्धारा आयोजित १ महिने होमस्टे सम्बन्धी तालीम लिएका व्यक्तिहरुलाई सिपको सही सदुपयोग गर्न आग्रह गरे। कोरोना महामारीले आक्रान्त पारेको अर्थजगतलाई फेरी माथी उकास्न होमस्टे सञ्चालनले महत्वपूर्ण भुमिका निर्वाह गर्ने सञ्चालन समितिले ठहर छ । शनिबार उक्त होमस्टेको उद्घाटन गरिएको थियो भने सप्रोक्स नेपालको खाद्य सुरक्षा तथा जीविकोपार्जन सहयोग कार्यक्रम अन्र्तगत सञ्चालीत १ महिने होमस्टे तालीमको समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुस