महेन्द्रनगर ९, फागुन–बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या प्रकरणका अभियुक्तलाई नेकपा विप्लव बैतडीले हदै सम्मको कार्वाहीको माग गरेको छ।
भागरथीको बलात्कार पछि हत्या आरोपमा पक्राउ परेका सोही ठाउँका दिनेश भट्टमाथि कारबाही अगाडी बढाइएको छ। यसै बिच नेकपा विप्लव बैतडीले उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
नेकपा विप्लव दोगडाकेदार बैतडीका इन्चार्ज आजादले प्रेस विज्ञप्ति जारी गर्दे उक्त प्रकरणमा एक जना मात्र नभई  सामूहिक बलात्कार भएको भन्दै गहन अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
विज्ञप्तिमा भनिएको छ। ‘बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका ०७ देउलेक को चडेपानि स्वः बुवा कृष्ण दत्त भट्ट र आमा दुरा भट्ट को कोखबाट जन्मिएकी भागरथि भट्ट (भूमिका) को गत माघ २१ गते विद्यालयबाट दिउँसोको ०२ बजे बिदा भई घर फर्किन तर उनी भने घरमा पुगिनन् घरपरिवार ले खोजतलास गर्दा माघ २२ गते साँझ स्थानीय लवलेक जङ्गलमा भागरथिको शव फेला परेको थियो । यही फाल्गुन ५ गते दिनेश भट्टलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो तर हाम्रो बुझाइमा निज दिनेश भट्ट मात्र नभई सामूहिक बलात्कार पछि हत्या भएको हाम्रो पार्टीको अनुसन्धान रहेको छ। त्यस कारण निज भट्टलाई गहिरो ढङ्गबाट थप अनुसन्धान गरी दोसिहरुलाई कानुन कटघेरामा उभ्याउन समेत अनुरोध गर्दछ।’
No description available.
प्रतिक्रिया दिनुस