विश्वकै नम्बर १ तीन पाङ्ग्रे उत्पादक कम्पनी बजाजको नयाँ बजाज ‘रे बिएस ६ को लन्च’ भएको छ। बिहिबार महेन्द्रनगरको भाषी स्थित केएम ईन्टरप्राइजेजले ‘तिन प्रांग्रे अटो ‘बजाज रे बिएस ६’ बजारमा बिक्रीका लागी अनुमति दिएको हो। यस अघि ‘बजाज रे बिएस ४’ बिक्रिगरीरहेको बजार स्वरुमले अब भने नयाँ मोडेलको अटो लन्च गरेसँगै ग्राहक वर्गमा थप हौसला पुगेको जनाएको छ।

No description available.

२ सय ३६ सिसी को उक्त अटोले ३० किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने छ। नयाँ लन्च गरिएको अटोको इन्जिनले उच्चतम पावर र तान शक्ति दिनुका साथै माइलेज पनि ज्यादा प्रदान गर्ने केएम ईन्टरप्राईजेजका म्यानेजर राजेन्द्र प्रसाद चटौतले दाबी गरे।

अरू अटोको भन्दा सुरक्षित यात्रा हुने गरी प्यासेन्सजरहरुका लागि सुविधा थप गरिएको छ। बजाज तीन प्राङ्ग्रे अटो बजाज बिएस ६ को मूल्य ६ लाख ३० हजार तोकिएको छ।

No description available.

प्रतिक्रिया दिनुस