चार दलिय रणनीतिक संयुक्त जनमोर्चाले धनगढीमा विशाल जनसभाको आयोजना गर्ने भएको छ। मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी सम्लिीत संयुक्त रणनैतिक मोर्चाले धनगढीमा फागुन १४ गते विशाल जनसभाको आयोजना गर्ने भएको हो।

नेकपा (क्रान्तिकारी माओवादी) का सुदूरपश्चिम प्रदेश सेक्रेटरी रामबहादुर महराले जनगणतन्त्र संगै दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद निर्माणका लागी फागुन १४ गते धनगढीमा विशाल जनसभाको आयोजना गरिएको जानकारी दिए। उनले जनसभामा सरिक हुन सबैमा आग्रह समेत गरेका छन्। रणनीतिक संयुक्त मोचाले धनगढीको खुलामञ्चमा शुक्रवार बिहान विशाल जनसभाको आयोजना गरिने जनाएको छ।

प्रतिक्रिया दिनुस