फाइल।

अछाममा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका वडा नम्बर ४ बस्ने जितेन्द्र शाहीकी ३५ वर्षिया श्रीमती धिर्जा शाहीको बुधबार बेलुकी भिरबाट खसेर मृत्यु भएको हो।

घर नजिकैको बोकसान जङ्गलमा गाई बाख्रा चराउन गएकी शाही बेलुकी अबेरसम्म घर नफर्किए पछी आफन्तले खोजी गर्दा जंगलमा मृत अवस्थामा भेटिएकी थिइन्। भिरबाट करिब २ सय ५० मिटर तल खसेकि शाहिको शव मृत अवस्थामा फेलापरेको श्रीमान जितेन्द्र शाहीले बताए। मृतक शाहीका श्रीमान, २ छोरी र १ छोरा छन्।

प्रतिक्रिया दिनुस