कञ्चनपुरका विभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सामान बरामद गरीएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका–१ बाट भन्सार छलेर ल्याएका १३ हजार बराबरको ३ कट्टा चिनी र ३ पेटी खाने तेल बरामद गरिएको छ। त्यस्तै बेलडाँडी गाउँपालिका–१० भुडाबाट अन्दाजी २५ हजार मूल्य बराबरको १ सय किलो कुखुरा बरामद गरीएको कञ्चनपुर प्रहरीले जनाएको हो।

ती बरामद कुखुरा स्थानीय जनप्रतिनिधि, पशु क्वारेन्टिनका प्रतिनिधी तथा स्थानीयको रोहवरमा नष्ट गरिएको छ। यसैगरि बेलौरी नगरपालिका–६ भुराकोटबाट अन्दाजी ९९ हजार ९ सय बराबरका भंसार छली पैठारी गरी ल्याएका गुलाब जामुन १ डिब्बा, सुपर ग्लो सोल्युसन २१ पिस, आन्टी सुपारी २ डिब्बा, बिग फन चक्लेट, कालीमम खट्टामिठा २० पाकेट, प्द्यच् बाजारी ४० पाकेट, सरफ लगायत किरानाका अन्य सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।

उनकाअनुसार बरामद सम्पूर्ण सामानको अन्दाजी मूल्य १ लाख ३७ हजार ९ सय रहेको छ। सामानसहित बरामद भएका ७ बेवारिसे मोटरसाइकल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुस