फाइल।

कञ्चनपुरको गड्डाचौकीबाट ७ जुवाडी पक्राउ परेका छन। भिमदत्त नगरपालिका– १० गड्डाचौकीबाट २ लाख नगदसहित ७ जना जुवाडी पक्राउ परेका हुन्।

गड्डाचौकीमा रहेको करण वार एण्ड रेष्टुरेन्टमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बताए। पक्राउ परेका सातै जना विरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस