फाइल।

हात्तीको आक्रमणमा परी कञ्चनपुरकी एक महिलाको मृत्यु भएको छ। पुनर्वास नगरपालिका ९ख गाउँ बस्ने ६२ वर्षीया धनादेवी थापाको हात्ती आक्रमणबाट मृत्यु भएको हो।

बिहीबार भारतीय दुदुवा नेसनल पार्कमा घाँस काट्न गएको बेला जंगली हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुस