निर्माणाधीन मोहना–अत्तरिया ६ लेन सडक आयोजनाको तेस्रो पटक म्याद थप भएको छ। सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाको म्याद दोस्रो पटक एक वर्षका लागि थपेको थियो। दोस्रो पटक म्याद थप हुँदा ६ लेन सडकको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनको म्याद २०७७ मंसिर ६ र दोस्रो तथा तेस्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद माघ १५ सम्म थपिएको थियो ।

उक्त म्याद सकिए सँगै माघ ११ गतेको मन्त्रपरिषदको निर्णय अनुसार कोरोना कहर र लकडाउनले निर्माण कार्यमा असर गरेकाले ६ महिना म्याद थप गर्ने निर्णय गरेको थियो । त्यसै बमोजिम मोहना–अत्तरिया ६ लेन सडक निर्माणको ६ महिना म्याद थप भएको मोहना–अत्तरिया ६ लेन सडक आयोजना कार्यालयले जनाएको छ । पटक–पटक सडक निर्माणको म्याद थप हुँदा ढिलाइ सँगै सडक निर्माण नहुँदा आवत–जावतमा समस्या हुदै आएको स्थानीयहरुले बताएका छन् । दोस्रो तथा तेस्रो सडक खण्ड निर्माणको ठेक्का पाएको राजेन्द्र निर्माण सेवाका प्रमुख कार्यकारी अधिकृत रोशन भट्टले थपेको म्याद भित्रै निर्माण कार्य सम्पन्न हुने दाबी गरे ।

प्रतिक्रिया दिनुस