लामो समयदेखि बन्द रहेको मझगाँउ विमानस्थल शुचारुका लागि टेण्डर भएसँगै मजगाउ मझगाँउ विमान स्थल पूर्नसंचालन समितीले सरकारलाई धन्यवाद ज्ञापन गरेको छ। समितिले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सरकारलाई धन्यवाद दिएको हो। मझगाँउ विमान स्थल पूर्नसंचालन समितिका सह–संयोजक तिलक भट्टले जनताको संघर्ष मर्म भावनाको सरकारले सम्मान गरेको बताए।

‘सरकारले अहिले टेण्डर आब्हान गरेको छ, ‘उनले भने, ‘काम शुरुचारु हुनुपर्छ ।’ सह संयोजक भट्टले आफुहरु उपभोक्ता समितिमा बसेर कमिसन खान र टेण्डर हत्याउन नभई बन्द रहेको बिमान स्थल शुचारु गरेर जनताको पक्षमा काम गर्ने बताए। उनका अनुसार १ करोड २८ लाखको टेण्डर आब्हान गरिएको छ। ‘म एक रुपैया नलिएरै काम गरेको छु, ‘उनले भने, ‘अझैपनि काम गर्छु।’ उनले स्थानीय, प्रदेश र सघीय जनप्रतिनिधीको सहयोगमा काम भएको बताए।

विद्यार्थी नेता समेत रहेका मझगाँउ विमान स्थल पूर्नसंचालन समितिका सदस्य नरेन्द्र भाटले बिमानस्थल शुचारुका लागि सबै तहतप्काबाट भएको प्रयासले सरकारको ध्यानाकर्षण भएको बताए। ‘टेण्डर आब्हान हुँदा हामी हर्षित भएका छौँ, ‘उनले भने, ‘यो सबैको पहलमा भएको हो, अब नियमित काम हुनुपर्छ।

प्रतिक्रिया दिनुस